‘रस छ फूलैमा’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं । “रस छ फूलैमा“ बोलको गीत सार्वजनिक भएको छ । गीतका शब्द सदानन्द कँडेलले कोरेका हुन् प्रमोद पन्तको संगीत सिर्जना रहेको छ ।
गीतलाई सन्दीप परियार र मेनुका परियारले स्वरमा दिएका छन् ।
रिदम कँडेलको एरेन्ज र अशोक महर्जनको मिक्सिङ रहेको गीतलाई कुमार केसीले रेकर्ड गरेका हुन् ।
युवायुवती बीचको प्रेम प्रसंगलाई दर्साइएको गीतमा सुरज श्रेष्ठ र निहारिका थापाको अभिनय देख्न सकिन्छ ।
गीतको भिडियो पिपिएम क्रियसन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
मिलन श्रेष्ठको निर्देशन रहेको भिडियोलाई सन्तोष तिमल्सिना र विपीन चौलागाईँले खिचेका छन् भने रोशन धितालले सम्पादन गरेका हुन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया