NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कांग्रेसका ७७ जिल्ला सभापतिमा : देउवा, शेखर, सिंह, सिटौला र निधिले कहाँ–कहाँ जिते ?

काठमाडौं । कांग्रेसको ७७ वटा जिल्लाले नेतृत्व पाएका छन् । १४ औं महाधिवेशको क्रममा नियमित नभएका १६ जिल्लाको अधिवेशनसँगै ७७ वटै जिल्लाले नेतृत्व पाएका हुन् । ७७ जिल्लामध्ये बहुमत अर्थात ४१ जिल्ला सभापति संस्थापन शेरबहादुर देउवा पक्षले जितेको छ ।

डा. शेखर कोइराला पक्षले ३१ जिल्लामा सभापति जितेको छ । बाँकी ५ जिल्लामा प्रकाशमान सिंह सिंह पक्ष र कृष्णप्रसाद सिटौला पक्षले दुई दुई सभापति जितेका छन् । विमलेन्द्र निधिले एक जिल्ला सभापति जितेका छन् ।

महाधिवेशनमा सभापतिमा दोस्रो चरणमा शेरबहादुर देउवाले डा. शेखर कोइरालालाई हराएका थिए । पहिलो चरणमा देउवासँगै सभापतिमा कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ भिडेका थिए । दोस्रो चरणमा देउवालाई सिंह, निधि र गुरुङले समर्थन गरेपछि शेखर पराजित भएका थिए । तर पनि ४० प्रतिशत मत ल्याएको भन्दै आफूहरू बलियो रहेको सन्देश दिन शेखर पक्ष सफल भएको थियो ।

संस्थापनले ४१ र उनलाई महाधिवेशनको दोस्रो चरणमा समर्थन गरेका सिंह, सिटौला र निधिले जितेका जिल्ला सभापति पनि जोड्ने हो भने ४६ पुग्छ । यो भनेको झण्डै ६० प्रतिशत हो ।

पार्टीको तल्लो तहसम्मै पहुँच र प्रभाव हुने जिल्लाको राजनीतिमा पनि शेखर पक्षले राम्रो उपस्थिति देखाएको छ । ७७ मध्ये ३१ जिल्लाको नेतृत्व पाउनु झण्डै ४० प्रतिशत हिस्सा हो । महाधिवेशनका केन्द्रमा र जिल्लाको नेतृत्वमा शेखर पक्षले पाएको मत प्रतिशत समान ४० नै देखिएको छ ।

१३ पदाधिकारमध्ये सभापति शेरबहादुर देउवा पक्षले सभापति, १ उपसभापति, ६ सहमहामन्त्री गरी ८ पदाधिकारी जितेको थियो ।
डा. शेखर कोइराला पक्षले उपसभापति र महामन्त्री एक(एक, दुई सहमहामन्त्री गरी चार पदाधिकारी जितेको थियो । प्रकाशमान सिंह पक्षबाट उठेर विश्वप्रकाश शर्मा महामन्त्रीमा जितेका थिए ।

संस्थापनले सभापति जितेका ४१ जिल्लाहरू

ताप्लेजुङ–गजेन्द्रप्रसाद तुम्याहाङ
पाँचथर– रूपनारायण जवेगु
इलाम–डम्बरबहादुर खड्का
धनकुटा–दिनेश राई
ओखलढुंगा–तेजेन्द्र खनाल
उदयपुर– हिमाल कार्की
रामेछाप–पूर्णबहादुर (कान्छाराम) तामाङ
सोलुखुम्बु–नाम्गेल जाङ्बु शेर्पा
काभ्रे– तीर्थ लामा
भक्तपुर– दुर्लभ थापा
रसुवा–पेम्वाछिरिङ तामाङ
सिन्धुपाल्चोक–जंगबहादुर तामाङ
सर्लाही–सुरेन्द्रप्रसाद सिंह
रौतहट–सुनिलकुमार यादव
पर्सा– जनार्दनसिंह क्षेत्री
बारा–राजेशराय यादव
सिरहा–रामचन्द्र यादव
महोत्तरी–नागेश्वर यादव
मकवानपुर– बुद्ध लामा
लमजुङ – टकराज गुरूङ
सल्यान – केशवबहादुर विष्ट
मनाङ–शंकर गुरूङ
डोल्पा– दीपेन्द्रबहादुर शाही
म्याग्दी– खमबहादुर गर्बुजा
मुगु–ऐनबहादुर शाही
हुम्ला–मोहनविक्रम सिंह
बझाङ–खड्क बोहोरा
जुम्ला–कर्णबहादुर शाही
जाजरकोट–वेदराज सिंह
डोटी–नरेन्द्रबहादुर सिंह
रूकुम पश्चिम–प्रेमप्रकाश वली
पर्वत–युवराज जोशी
सुर्खेत–खड्ग पोखरेल
रूपन्देही–रामकृष्ण खाण
कास्की–किशोरदत्त बराल
तनहुँ–जितप्रकाश आले
कञ्चनपुर– पदम बोगटी
बर्दिया–अरूणप्रकाशसिंह राठौर
कैलाली–नारायणदत्त भट्ट
अछाम–पुष्पबहादुर शाह
डडेल्धुरा –भीमबहादुर साउद

शेखर पक्षले सभापति जितेका ३१ जिल्लाहरू

संखुवासभा–दीपक खड्का
भोजपुर– विनोद वान्तवा
तेह्रथुम–अर्जुन तुम्बाहाङफे
खोटाङ–विष्णुकुमार राई
सुनसरी–केदार भण्डारी
मोरङ–डिगबहादुर लिम्बू
सिन्धुली–उपेन्द्र पोखरेल
दोलखा–बर्मा लामा
नुवाकोट–रमेश महत
धादिङ–रामनाथ अधिकारी
चितवन–राजेश्वर खनाल
गोरखा–नन्दप्रसाद न्यौपाने
सप्तरी–रामदेव साह
प्युठान–विष्णुकुमार गिरी
अर्घाखाँची–केशव श्रेष्ठ
रोल्पा–किशोर आचार्य
कालिकोट–अम्बबहादुर शाही
रूकुमपूर्व– केशरमान रोका
मुस्ताङ–रोमीगौचन थकाली
नवलपुर– महेन्द्रध्वज जिसी
नवलपरासी पश्चिम–अर्जुनकुमार पोखरेल
पाल्पा–हिमालदत्त श्रेष्ठ
गुल्मी–खिलध्वज पन्थी
दैलेख–मणिराम रेग्मी
स्याङ्जा–राजु थापा
दाङ–शंकरप्रसाद डाँगी
कपिलबस्तु–अब्दुल कलाम खाँ
बाँके– नारायण गौडेल
बैतडी–चतुरबहादुर चन्द
बाजुरा–रामसिंह रावल
दार्चुला–ललितसिंह बोहोरा

प्रकाशमान सिंहले जितेका २ जिल्लाहरू

काठमाडौं–सबुज (कृष्ण) बानियाँ
ललितपुर– जितेन्द्रकुमार श्रेष्ठ

कृष्णप्रसाद सिटौला पक्षले जितेका २ जिल्लाहरू

झापा–देउमान थेबे
बागलुङ–जित शेरचन

विमलेन्द्र निधिले जितेको १ जिल्ला

धनुषा–योगेन्द्र पजियार