भिटामिन सी कति प्रभावकारी ?

भिटामिन सी प्रतिरोधी क्षमता बढाउनका लागि प्रभावकारी मानिन्छ । भिटामिन सी मानव शरीरका लागि मुख्य एन्टीअक्सिडेन्ट हो । जसले शरीरको प्रतिरक्षा प्रणाली बढाउन सहयोग गर्छ । सामान्यतया भिटामिन सीले रोगसँग लड्ने सेता रक्तकोष (डब्लुबिसी)को निर्माणमा सघाउ पुर्याउँछ । योसँगै श्वासप्रश्वासको संक्रमण र अन्य भाइरसविरुद्ध एन्टीभाइरलको रुपमा काम गर्छ ।
दैनिक खानपानमा भिटामिन सीको प्रयोग गर्ने मानिसमा निमोनियाको सम्भावना ८० प्रतिशत्ले कम र अन्य भाइरल इन्फेक्सन करिब ५० प्रतिशत् कम हुने विभिन्न अध्ययनले देखाएको छ ।
-एकअध्ययन अनुसार भिटामिन सीले शरीरमा भाइरसको वृद्धिलाई नियन्त्रण गर्छ । निमोनिया, ब्रोंकाइटिस, फोक्सोसँग सम्बन्धित र अन्य भाइरल संक्रमण घटाउन मद्दत गर्छ । तसर्थ भाइरस इन्फेक्सनबाट बच्न सामान्यतया वयष्क महिलाका लागी ७५ मिलिग्राम र पुरुषमा ९० मिलिग्राम भिटामिन सीको आवश्यकता हुन्छ ।
-दैनिक खानपानमा भिटामिन सीको प्रयोग गर्ने व्यक्तिमा निमोनियाको सम्भावना ८० प्रतिशत्ले कम र अन्य भाइरल इन्फेक्सन करिब ५० प्रतिशत् कम हुने विभिन्न अध्ययनले देखाएको छ ।
-भिटामिन सी सप्लिमेन्टको रूपमाभन्दा पनि दैनिक खानपानमा समावेश गर्नुपर्ने हुन्छ । जस्तै, कागती, हरियो खुर्सानी, हरिया मौसमी फलफुल, सागपातजस्ता खानेकुरामा भिटामिन सी प्रर्याप्त मात्रामा पाइन्छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया