NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १८ गते

विवेकशीलद्वारा २६ केन्द्रीय सदस्य बर्खास्त

काठमाडौं । विवेकशील साझा पार्टीले वाग्मती प्रदेशसभाका सांसद्सहित २६ केन्द्रीय सदस्यहरूलाई बर्खास्त गरेको छ ।

पार्टी हितविपरीत गतिविधिमा संलग्न भएको आरोपमा सो पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले केन्द्रीय सदस्य हटाएका हुन् । यसअघि मिलन पाण्डेलाई पनि जिम्मेवारीमुक्त गरिएको थियो । बर्खास्तगीमा परेका नेताले ‘मूल बाटो’ नामक दस्तावेज ल्याएर पार्टीभित्र फरक मत दर्ज गरेका थिए ।

पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टी अनुशासनविपरीत गतिविधि गर्ने २६ केन्द्रीय सदस्यलाई जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको सो पार्टीले जनाएको छ ।

बखास्तमा परेका केन्द्रीय सदस्यहरूमा अनुशा थापा, आशुतोष तिवारी, कमलेश्वर पाठक, केशव दाहाल, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री (कार्की), धर्म मानन्धर, पुकार बम, भरतराज पन्त, भूपदेव शाह, मनिस खनाल र मुना अधिकारी, रमेश पौड्याल, रवीना अमगाई, राज्यलक्ष्मी श्रेष्ठ, रामपुकार महरा, लक्ष्मी अधिकारी, विमल तामाङ, शिशिर बन्जारा, सरोज प्रसाद गौतम, सिर्जना खड्का, सुदन मानन्धर, सुरेश अर्याल, सुरेश भट्ट र हरिशप्रसाद भट्टलाई छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष