एकै दिन सुनको मूल्य १८०० रूपैयाँ घट्यो
काठमाडाैं । सोमबार घटेको सुनको मूल्य मंगलबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ५ सय रूपैयाँ घटेको सुनको मूल्य आज एक हजार ८ सय रूपैयाँ घटेको हो ।
महासंघका अनुसार सोमबार प्रतितोला एक लाख दुई हजार तीन सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज एक लाख पाँच हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन तोलामाल दुई सय रूपैयाँ बढेर एक लाख दुइ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै सोमबार तोलामा एक लाख एक हजार ८ सय रूपैयाँमा कारोबार भएको तेजावी सुन आज एक लाख रूपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य घटेको छ । महासंघका अनुसार आज चाँदी तोलामा ३५ रूपैयाँ घटेर एक हजार ३८० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी एक हजार ४१५ रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया