एकै दिन सुनको मूल्य १८०० रूपैयाँ घट्यो

काठमाडाैं । सोमबार घटेको सुनको मूल्य मंगलबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ५ सय रूपैयाँ घटेको सुनको मूल्य आज एक हजार ८ सय रूपैयाँ घटेको हो ।
महासंघका अनुसार सोमबार प्रतितोला एक लाख दुई हजार तीन सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज एक लाख पाँच हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन तोलामाल दुई सय रूपैयाँ बढेर एक लाख दुइ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै सोमबार तोलामा एक लाख एक हजार ८ सय रूपैयाँमा कारोबार भएको तेजावी सुन आज एक लाख रूपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य घटेको छ । महासंघका अनुसार आज चाँदी तोलामा ३५ रूपैयाँ घटेर एक हजार ३८० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी एक हजार ४१५ रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया