NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

सवारी चालक अनुमति पत्रको नयाँ आवेदन आजदेखि बन्द हुने

काठमाडौं । यातायात व्यवस्था विभागले आजदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन बन्द गर्ने भएको छ । विभागले  एक सूचना जारी गर्दै उक्तबारे जानकारी गराएकाे हो ।

‘हालसम्म परेका अनलाइन आवेदनहरुको कारबाही यथाशक्य चाँडो टुङ्ग्याउनुपर्ने भएकोले यही मिति २०७८ चैत्र १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मको लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ विभागद्वारा जारी सूचनामा भनिएको छ ।