दुर्लभ विश्व कीर्तिमानको निकट सन्दीप लामिछाने

काठमाडौं । आइसिसी वल्र्ड कप लिग २ का दुई खेलमा कम्तिमा ९ विकेट लिन सके नेपालका सन्दीप लामिछानेले दुर्लभ विश्व कीर्तिमान कायम गर्ने भएका छन् । सन्दीपले यस अघि १६ खेलमा ४१ विकेट लिएका छन् ।
अबको युएई र पपुवा न्युगिनीविरुद्धका दुई खेलमा ९ विकेट लिन सके सन्दीपले विश्वकीर्तिमान आफ्नो नाममा लेखाउनेछन् । यस अघि १९ खेलमा ५० विकेट पूरा गर्ने विश्वकीर्तिमान श्रीलंककाका अजन्था मेन्डिसको नाममा रहेको छ । दुई खेलमा ९ विकेट लिन सक्दा सन्दीपको नाममा विश्व कीर्तिमान बन्न सक्नेछ । तीन खेलबाट ९ विकेट लिए मेन्डिससँगै सन्दीपले विश्व कीर्तिमानमा बराबरी गर्नेछन् ।
तर लगातारका दुई खेलमा ९ विकेट लिन निक्कै जादुमयी बलिङ गर्नुपर्नेछ । लगातारका तीन खेल प्रत्येकमा ९ विकेट लिन सक्दा पनि उनले विश्व कीर्तिमान कायम भने गर्नेछन् ।
कम खेलमा ५० विकेट छिटो पूरा गर्ने खेलाडीमा भारतका अजित अगरकर दोस्रो स्थानमा छन् । उनले २३ खेल खेल्दै ५० विकेट पूरा गरेका छन् । सन्दीपले एक दुई विकेट नियमित लिंदा पनि अगरकरको रेकर्ड भने तोड्न सक्नेछन् । किनकी त्यस्तै न्युजिल्याण्डका मिचेल म्याकलेनघानले पनि २३ खेलमा ५० विकेट पूरा गरेका छन् । २४ खेलमा ५० विकेट पूरा गर्ने खेडालीको सूचीमा अष्ट्रेलियाका डेनिस लेली, पाकिस्तानका हसन अली, भारतका कुलदीप यादव र अष्ट्रेलिया शेन वार्न छन् । साहिद अफ्रिदीले पाकिस्तानबाट २५ र राशिद खानले अफगानिस्तानबाट २६ खेलमा ५० विकेट लिएका थिए ।
यी सबै प्रभावशाली खेलाडीलाई पछि पार्दै वर्षौसम्म कीर्तिमान आफ्नो नाममा लेखाउने अवसरको पर्खाईमा सन्दीप छन् । सन्दीपले १६ म्याचका १५ इनिङसमा ४१ विकेट लिएका छन् । यस क्रममा उनले ५०८ रन दिएका छन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया