नेपाल लाइफको ‘अनमोल जीवन बीमा योजना’, यस्ता छन् विशेषता

काठमाडाैं । भनिन्छ मानव जीवन अनमोल छ तर आजको समयमा प्रत्येक व्यक्तिको अनमोल जीवनका हर पलहरु जोखिम नै जोखिमले भरिएको कुरालाई नकार्न सकिदैंन । यस्तो जोखिम मानिसको जीवनमा बाचुन्जेल रहिनै रहन्छ ।
तसर्थ मानिसको अनमोल जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई बीमाको माध्यमबाट न्यूनिकरण गर्न नेपाल लाइफ इन्स्योरेन्सले ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना नामक सावधिक र आजिवनको विशेषता भएको बीमा बजारमा ल्याएको छ । बीमा अवधि भुक्तानीपश्चात् पनि जोखिम वहन गर्नुको साथै कम्पनीले बहन गर्ने जोखिमअन्तर्गत बीमितले चाहेका समयमा उक्त जोखिम वहन बापतको समर्पण मूल्य भुक्तानी लिन सक्नु यो योजनाको मूख्य विशेषता हो ।
विशेषताहरु
सावधिक तथा आजिवन जीवन बीमा (मुनाफामा सरिक हुने) विशेषता यस योजनामा रहेको छ । यस योजनामा १८ वर्ष देखि ६५ वर्ष उमेरसमूह सहभागी हुन सक्नेछन् । यस योजनाको बीमा अवधि न्यूनतम ५ वर्ष देखि अधिकतम ५० वर्षसम्म रहेको छ । बीमा समाप्तिमा अधिकतम उमेर ७० वर्ष रहेको छ ।
बीमितले बीमा शुल्क वार्षिक, अर्धवार्षिक , त्रैमासिक र मासिक रूपमा भुक्तानी गर्न सकिने छ । न्यूनतम बीमांक रकम पच्चिस हजारदेखि अधिकतम बीमांक रकम आयश्रोतको आधारमा गर्न सकिने कम्पनीले जनाएको छ ।
यस योजनामा समावेश भएका सुविधाहरु
यस योजनामा बीमा शुल्क तिर्ने तरिका अनुसार छुट वा थप शुल्कको व्यवस्था छ । जस्तो कि वार्षिक बीमा हुल्क तिरेमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यस्तै त्रैमासिक ३ प्रतिशत थप र मासिक ६ प्रतिशत थप गरिएको छ ।
ऋण तथा समर्पण सुविधा
वार्षिक तीन किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मिति बाट ३ वर्ष पुरा भएपश्चात सर्मपण मुल्य प्राप्त गर्न सकिनेछ । समर्पण मुल्य प्राप्त भएको बीमालेखमा समर्पण मुल्यको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सकिनेछ ।
बीमालेखको बीमा अवधि समाप्तिपश्चात पनि जोखिम बहन गरी रहने तर बीमितले चाहेमा , पूर्ण अवधि भुक्तानी भएको ५ वर्ष पूरा भैसकेपछि जुनसुकै समयमा समर्पण गर्न सकिने छ । यसको साथै बीमितले इच्छाइए अनुसार अग्रीम भुक्तानीको रुपमा उल्लेख भए अनुसार समेत भुक्तानी लिन सक्नेछ ।
यसको लागि बीमितले बीमा सुरु गर्दाको समयमा नै कुन तरीकाको लिने भनि उल्लेख गर्नुपर्ने हुन्छ । बीमालेखको बीमा अवधि समाप्तिपश्चातको समर्पण गणना गर्दा सुरुमा नै उल्लेख गरेको सर्भाइबल बेनिफिट लिने तरिकालाई आधार मानि समर्पण मूल्य गणना गरिने छ तर यस्तो सर्मपण रकममा कर्जा प्राप्त हुने छैन ।
बीमा अवधि भुक्तानीपश्चातको लागि बीमितले बीमा सुरु गर्दाको समयमा नै छनौट गरेको सर्भाइबल बेनिफिट लिने तरिकालाई आधार मानि समर्पण मूल्य गणना गरिने छ र यस्तो समर्पण रकममा कर्जा प्राप्त हुने छैन । बीमा अवधि समाप्ति म्याचुरीटीपश्चातको समर्पण तथा सर्भाइबल बेनिफिट सुविधा लिनको लागि म्याचुरीटीसम्मको सम्पूर्ण किस्ता समयमा नै भुक्तानी गरेको हुनुपर्ने छ ।
दुर्घटना मृत्यु लाभ सुविधा(एच्छिक)
१८ वर्ष देखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमांक रकम बराबर अधिकतम एक करोडसम्मको दुर्घटना मृत्यु लाभ सुविधा लिन सकिने छ ।
बीमा शुल्क छुट तथा पुणअशक्तता लाभ सुविधा (ऐच्छिक)
१८ वर्ष देखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमांक रकम बराबर अधिकतम एक करोडसम्मको बीमाशुल्क छुट तथा पूणर्अशक्तता लाभ सुविधा लिन सक्ने छ ।
घातक रोग सुबिधा (ऐच्छिक)
१८ वर्ष देखिका बीमितले अतिरिक्त विमाशुल्क तिरेर बीमांक रकम बराबर अधिकतम पचास लाखसम्मको घातक रोग सुविधा लिन सक्ने छ ।
बीमांक रकम भुक्तानी पाउने अवस्था
पूर्ण अवधि भुक्तानी
बीमालेख चालु रहि बीमा अवधि भुक्तानी मितिसम्म बीमित जीवित रहेमा बीमा अवधि भुक्तानीको अन्त्यमा बीमांक रकम र आर्जित बोनस बीमालेख अवधि समाप्तिमा एकमुष्ट भुक्तानी दिइने छ ।
आंशिक अवधि भुक्तानी
सबै किस्ता बीमाशुल्क भुक्तानी गरेको बीमालेखमा बीमा अवधि समाप्ति पश्चात बीमित जीवित रहिरहेमा तल उल्लेख गरे अनुसारको प्रतिशतमा बीमितले छनौट गरे बमोजिमको बीमांक रकम पूनः प्रदान गरिने छ । जसको लागि बीमा सुरु गर्दाको समयमा नै बीमा अवधि समाप्ति पश्चात कुन तरिकाको बीमांक लिने भनि उल्लेख गर्नुपर्ने हुन्छ ।
१. बीमितको उमेर ७५ वर्ष पुगे पछि बीमांक रकमको ६० प्रतिशत भुक्तानी गरिेने र बीमालेखको अन्त्य हुने ।
२. बीमितको उमेर ८० वर्ष पुगे पछि बीमांक रकमको ८० प्रतितश भुक्तानी गरिेने र बीमालेखको अन्त्य हुने ।
३. बीमितको उमेर ८५ वर्ष पुगे पछि बीमाङ्क रकमको १०० प्रतिशत भुक्तानी गरिेने र बीमालेखको अन्त्य हुने ।
यदि बीमाशुल्क भुक्तानी अवधि समाप्ति पश्चात बीमितले आफूले उल्लेख गरेको आशिंक अवधि भुक्तानी उपभोग गर्नु अगावै बीमितको मृत्यु भएमा पुनः पूरा बीमांक रकम प्रदान गरिने छ ।
मृत्यु दावी भुक्तानी
बीमालेख चालु रही बीमा अवधि भुक्तानी भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमांक रकम आर्जित बोनस एकमुष्ट भुक्तानी दिइने छ ।बीमालेख चालु रही बीमा अवधि भुक्तानीपश्चात बीमित जीवित रहेमा शर्तहरुको अधिनमा रही बीमालेखमा उल्लेख भएको बीमांक रकम र आर्जित बोनस बीमा अवधि समाप्तिमा एकमुष्ठ भुक्तानी दिइने छ ।
सबै किस्ता बीमाशुल्क भुक्तानी गरेको बीमालेखमा बीमा अवधि भुक्तानीपश्चातको सुविधा उपभोगको लागि छनौट गरेको उमेर भित्र विमितको मृत्यु भएमा पूनः वींमाक बराबरको रकम प्रदान गरिने छ । बीमा अवधि भुक्तानीपश्चात कुनै पनि घटना घटेमा ऐच्छिक सुविधावापतको रकमको दावी भुक्तानी दिइने छैन ।यदि दुर्घटना मृत्यु लाभ सुविधा लिएको अवस्थामा चालु बीमालेखअन्तर्गत बीमा अवधि भुक्तानी भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको बीमांक रकम सुविधावापतको बीमांक रकम आर्जित बोनस रकम एकमुष्ट भुक्तानी दिइनेछ ।
यदि दुर्घटना मृत्यु लाभ तथा पूर्ण अशक्तता लाभ सुविधा लिएको बीमालेख चालु रही बीमा अवधि भुक्तानी भित्र बीमितको दुर्घटनाको कारणबाट अंगभंग भई पूर्ण अशक्तता भएमा बाँकी बीमाशुल्क भुक्तानीमा छुट दिइनुका साथै पूर्ण अशक्तता सुविधा बराबर रकम मासिक १२० समान किस्तामा अपांग अशक्त बीमितलाई भुक्तानी गरिनेछ ।
सबै किस्ता बीमाशुल्क भुक्तानी नगरेको बीमालेख भएमा बीमा अवधि भुक्तानी पश्चात को थप सुविधा तथा सो अवधिमा कुनै घटना घटेमा घटना वापतको रकम प्रदान गरिने छैन ।
प्रतिक्रिया