दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब ३६ करोडको कारोबार

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । सोमबार ब्रोकर कम्पनीको डेटा सेन्टरमा समस्या भए पनि कारोबारमा व्यवधान खडा भएको थियो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १७.१५ अंकले ओरालो लागेर दुई हजार ६५०.९७ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.२६ अंकले आरालो लागेर ५०२.५९ मा झरेको छ ।
नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि सस्तोमा समेटिएको छ । कूल २२९ कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता शेयर तीन अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ बराबरको कारोबार भयो । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने नौ उपसमूहको शेयर ओरालो लागेको छ ।
होटल तथा पर्यटन ९७.७, निर्जीबन बीमा ६७.३३, जीवन बीमा १०२.७४ र सामूहिक लगानी कोष ०.०९ अंकले उकालो लागेको छ । बैंकिङ ११.७८, व्यापार २७.९२, विकास बैंक १२.९१, जलविद्युत् ४५.३६, वित्त ११.४२, उत्पादन १०४.४१, अन्य ३५.५८, लघुवित्त ३९.४९ र लगानी ०.७२ अंकले ओरालो लागेको छ ।
मंगलबारको कारोबारपछि बजार पूँजीकरण ३७ खर्ब ५८ अर्ब ४७ करोड ९६ लाख ५७ हजार ६४६ रूपैयाँ बराबर पुगेको छ । कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड शीर्ष स्थानमा छ । सो कम्पनीको ३४ करोड २३ लाख ५७ हजार १९४ रूपैयाँ बराबरको कारोबार भयो । अपि पावर कम्पनी १२ करोड २० लाख दुई हजार ३३८, नेपाल लाइफ इन्स्योरेन्स रु ११ करोड ८४ लाख ५२ हजार ३७६, नेपाल पुनरबीमा कम्पनी १० करोड ९१ लाख आठ हजार १३२ र शिवम् सिमेन्ट नौ करोड १४ लाख ६६ हजार ६४४ बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भए ।
नेप्सेका अनुसार इमर्जिङ नेपाल ९.९८, सगरमाथा इन्स्योरेन्स ६.६४, सोल्टी होटल ६.५१, युनाइटेड इदी मर्दी हाइड्रोपावर ५.८१ र नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले ४.८७ प्रतिशतले कमाए । नेपाल दूरसञ्चार कम्पनी ५.१३, मैलुङ खोला जलविद्युत् कम्पनी ४.८६, सिंगटी हाइड्रोपावर ३.९१, माउण्टेन हाइड्रो ३.४५ र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.२७ प्रतिशतले गुमाए ।
ताजा अपडेट
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
-
काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै
-
निजामती सेवा विधेयकमा भएको चलखेल जनताप्रतिको बेइमानी : नेता शर्मा
-
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह
प्रतिक्रिया