ढुङ्गा हानेर, टायर बालेर वा हिंसा गरेर म राजनीतिमा आएको होइन : ज्ञानेन्द्र शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले आफू ढुङ्गा नहानी, सडकमा टायर नबाली र हत्या–हिंसा नगरी समाजसेवामार्फत राजनीतिमा आएको दाबी गरेका छन् ।
कर्णालीको सुर्खेतमा पार्टीको आमसभालाई सम्बोधन गर्दै उनले अब यसरी नै समाजसेवा गरेर राजनीतिमा आउन आफ्ना विरोधीहरूलाई चुनौतीसमेत दिएका छन् ।
‘म शुद्ध समाज सेवा र भ्रष्टाचार विरुद्धको अभियान चलाएर राजनीतिमा आएको हुँ’, उनले भने, ‘म राप्रपामा कुनै स्वार्थ धम्की र बाध्यताले नभइ राजनीतिमा भएको फोहोरी खेललाई अन्त्य गर्न आएको प्रष्ट पार्न चाहन्छु ।’
उक्त आमसभाबाट एक हजारभन्दा बढीले राप्रपामा प्रवेश गरेको बताइएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया