चुनावी रणनीति बनाउन एमालेले चैतमै बोलायो ३ वटा बैठक
काठमाडौं । चुनावी रणनीति बनाउन भन्दै एमालेले चैतमा तीनवटा बैडठक बोलाएको छ । चैत ७ गते पोलिटव्यूरो, चैत ९ र १० गते केन्द्रीय कमिटी तथा चैत १३ गते स्थायी कमिटी बैठक बोलाएको हो ।
मंगलबार बसेको एमालेको सचिवालय समितिको बैठकले यस्तो निर्णय गरेको प्रचार विभाग प्रमुखसमेत रहेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने बताइएको छ ।
साथै, एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड पनि पारित गरेको छ ।
आगामी बैशाख ३० गते स्थानीय निर्वाचन हुने घोषणा सरकारले गरिसकेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया