सुनको मूल्य ओरालो लाग्ने क्रम जारी, एकैदिन १२०० रूपैयाँले सस्तियो

काठमाडाैं । केही दिन अघि उच्च मूल्य कायम गरेको सुनको मूल्य अहिले फेरी ओरालो लाग्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा एक हजार दुई सय रूपैयाँ घटेर ९९ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन तोलामा एक हजार ८ सय रूपैयाँ घटेर एक लाख पाँच सय रूपैयाँमा कारोबार भएको थियो । सोमबार छापावाल सुन तोलामा ५ सय रूपैयाँ घटेर एक लाख दुई हजार तीन सय रूपैयाँमा कारोबार थियो ।
आइतबार भने छापावाल सुन तोलामाल दुई सय रूपैयाँ बढेर एक लाख दुइ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै मंगलबार तोलामामा एक लाख रूपैयाँमा कारोबार भएको तेजावी सुन आज प्रतितोला ९८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य तोलामा १० रूपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदी तोलामा एक हजार ३७० रूपैयाँमा कारोबार भइरहेको हो । मंगलबार चाँदी तोलामा ३५ रूपैयाँ घटेर एक हजार ३८० रूपैयाँमा भएको थियो ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया