थप ८२ कोरोना संक्रमित थपिए, २१३ कोरोनामुक्त

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७९० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र १ हजार ३८२ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी ८२ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या पीसीआर परीक्षण मात्रै ९ लाख ७८ हजार ८५ जना पुगेको छ । त्यस्तै एन्टिजेनमार्फत एक लाख चार हजार १७ जना छन् ।
पछिल्लो २४ घण्टामा २१३ जना कोरोनाबाट निको भएका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ९ लाख ६१ हजार ५६१ जना पुगेको छ ।
बुधबार पनि मृत्यु शून्य रहेको छ । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५० जना छन् । हाल ४ हजार ५७४ जना संक्रिय संक्रमित रहेका छन् ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया