मधेशमा तीन दिन होली
महोत्तरी । मधेश प्रदेशमा यसपालि लगातार तीन दिन ‘होली’ पर्व मनाइने भएको छ । तिथि र मध्यमा परिक्रमाका कारण गर्दा यसपालि लगातार तीन दिन पर्वको तयारी देखिएको हो ।
मधेशका पर्वते समुदायले आज पूर्णिमाका दिन ‘होली’ मनाइरहेका छन् भने मधेश प्रदेशका मधेशीले पूर्णिमाको भोलिपल्ट ‘होली’ मनाउँछन् । मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमाको जनकपुरधाममा गरिने अन्तर्गृह परिक्रमा सम्पन्न गरेर त्यसको भोलिपल्ट ‘होली’ मनाउने परम्परा छ । यसअनुसार आज जनकपुरधाम आइपुगेको परिक्रमा भोलि अन्तर्गृह परिक्रमा गरेर शनिबार होली मनाउने तयारीमा छ ।
छोड्दो पूर्णिमा तिथिमा पर्वते समुदायले, चैत कृष्ण प्रतिपदाका दिन र मधेशी समुदायले उदाउँदो पूर्णिमा तिथिमा होली मनाउने परम्परा भए पनि जनकपुर क्षेत्रमा अन्तर्गृह परिक्रमाको भोलिपल्ट पर्व मनाइने गरिन्छ ।
यसअनुसार जनकपुरमा शनिबार होली खेलिने छ । ‘माध्यमिकी परिक्रमाका यात्री डोलासहित आज जनकपुर आए, अब भोलि अन्तर्गृह परिक्रमा हुनेछ, त्यसैले यहाँ शनिबार होली मनाइने छ,’ मैथिल परम्पराबारे बताउँदै जनकपुरका पत्रकार वीरेन्द्र रमणले भने । यसकारण मधेशमा यसपालि लगातार तीन दिन ‘होली’ हुने भएकोे हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया