होलीका दिन बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य उतारचढाव भइरहेको छ । अर्थात सुनको मूल्य घटबढ हुने क्रम जारी छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा पाँच सय रूपैयाँ बढेर ९९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन तोलामाल दुई सय रूपैयाँ बढेर एक लाख दुइ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
बुधबार सुनको मूल्य तोलामा एक हजार दुई सय रूपैयाँ घटेर ९९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै मंगलबार छापावाल सुन तोलामा एक हजार ८ सय रूपैयाँ घटेर एक लाख पाँच सय रूपैयाँमा कारोबार भएको थियो । सोमबार छापावाल सुन तोलामा ५ सय रूपैयाँ घटेर एक लाख दुई हजार तीन सय रूपैयाँमा कारोबार थियो ।
त्यस्तै आज तेजावी सुन प्रतितोला ९९ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन तोलामा ९८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा १० रूपैयाँ बढेको छ । महासंघका अनुसार आज चाँदी तोलामा एक हजार ३८० रूपैयाँमा कारोबार भइरहेको हो । बुधबार चाँदी तोलामा एक हजार ३७० रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
प्रतिक्रिया