होलीका दिन बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडाैं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य उतारचढाव भइरहेको छ । अर्थात सुनको मूल्य घटबढ हुने क्रम जारी छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा पाँच सय रूपैयाँ बढेर ९९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन तोलामाल दुई सय रूपैयाँ बढेर एक लाख दुइ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
बुधबार सुनको मूल्य तोलामा एक हजार दुई सय रूपैयाँ घटेर ९९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै मंगलबार छापावाल सुन तोलामा एक हजार ८ सय रूपैयाँ घटेर एक लाख पाँच सय रूपैयाँमा कारोबार भएको थियो । सोमबार छापावाल सुन तोलामा ५ सय रूपैयाँ घटेर एक लाख दुई हजार तीन सय रूपैयाँमा कारोबार थियो ।
त्यस्तै आज तेजावी सुन प्रतितोला ९९ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन तोलामा ९८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा १० रूपैयाँ बढेको छ । महासंघका अनुसार आज चाँदी तोलामा एक हजार ३८० रूपैयाँमा कारोबार भइरहेको हो । बुधबार चाँदी तोलामा एक हजार ३७० रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया