NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते
च्याम्पियन्स लिग अन्तिम ८ :

स्पेनिस र इंग्लिस क्लबको वर्चश्व

काठमाडौं । युइएफए च्याम्पियन्स लिगको अन्तिम ८ मा स्पेनिस र इंग्लिस क्लबको वर्चश्व देखिएको छ ।

गएराति भिल्लारियलले इटालियन महारथी युभेन्ट्सलाई पराजित गरेसँगै तीन स्पेनिस टोलीले क्वार्टरफाइनलमा स्थान बनाएका हुन् ।

दुई स्पेनिस क्लब रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडले यसअघि नै क्वार्टरफाइनलमा स्थान बनाइसकेका थिए ।

रियलले फ्रेन्च महारथी पेरिस सेन्ट जर्मेन (पिएसजी) र एट्लेटिकोले इंग्लिस महारथी म्यानचेस्टर युनाइटेडलाई पाखा लगाएका हुन् ।

अरु स्पेनिस क्लब बार्सिलोना र सेभिल्ला भने यो वर्ष समूह चरणबाटै बाहिरिएका थिए ।

यस्तै, गएराति नै भएको खेलमा चेल्सीले फ्रेन्च क्लब लिललाई पराजित गरेसँगै तीनवटा इंग्लिस टोलीले अन्तिम ८ मा स्थान बनाउन सफल भए ।

दुई इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुल भने यसअघि नै अन्तिम ८ मा पुगिसकको थिए ।

अर्को इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड भने एट्लेटिकोसँग पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिएको छ ।

यसैगरी, जर्मनी र पोर्चुगलका एक–एक टोलीले क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।

जर्मन क्लब बायर्न म्युनिख र पोर्चगिज क्लब बेन्फिका क्वार्टरफाइनलमा पुगेका छन् ।

यो वर्ष विश्वकै उत्कृष्ट खेलाडीले खेल्ने र युरोपकै शीर्ष लिगमा पर्ने इटालियन र फ्रेन्च क्लबले भने अन्तिम ८ मा स्थान बनाउन सकेनन् ।

क्वार्टरफाइनलको ड्र शुक्रबार हुनेछ । अप्रिल ५ देखि अन्तिम ८ का खेल हुनेछन् ।

च्याम्पियन्स लिगको क्वार्टरफाइनल समीकरण पूरा