थप २७ जनामा कोरोना संक्रमण, २२० जना संक्रमणमुक्त

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६५४ जनाको पीसीआर परीक्षण गर्दा २२ जना र ३ हजार ९३ जनाको एन्टीजेन परीक्षण गर्दा ५ जना गरी २७ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या पीसीआर परीक्षण मात्रै ९ लाख ७८ हजार १०७ जना पुगेको छ । त्यस्तै एन्टिजेनमार्फत ११ लाख चार हजार ७ जना छन् । पछिल्लो २४ घण्टामा २२० जना कोरोनाबाट निको भएका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ९ लाख ६१ हजार ७८१ जना पुगेको छ ।
बिहीबार पनि मृत्यु शून्य रहेको छ । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५० जना छन् । हाल ४ हजार ३७६ जना संक्रिय संक्रमित रहेका छन् ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया