चुनावलाई लिएर विप्लवको दलमा मतभेद
काठमाडौं । विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक कपिलवस्तुको शिवगढीमा बस्ने भएको छ । आफ्नै नयाँ भवनमा पहिलो पटक बैठक बस्न लागेको हो ।
अमेरिकी सहयोग परियोजना एमसिसी, स्थानीय तहको चुनाव र सरकारसँग भएको तीन बुँदे सम्झौता कार्यान्वायन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न बैठक बोलाइएको प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।
स्थानीय तह निर्वाचन सहभागिताबारे घनिभूत छलफल हुने बताइएको छ । विप्लवको दलमा आसन्न स्थानीय तह चुनावमा भाग लिने वा नलिने भन्नेमा शीर्ष नेताबीच मतभेद छ । फागुनको अन्तिम साता बसेको पार्टी केन्द्रीय सचिवालय बैठकमा महासचिव नेत्र विक्रम चन्द विप्लवले स्थानीय तहको चुनाव उपयोग गर्ने प्रस्ताव गरे पनि त्यस विषयमा कुनै निर्णय नभएको सचिवालयका एक सदस्यले जनाएका छन् ।
‘चुनाव उपयोग गर्नेबारे पार्टीले कुनै निर्णय गरेको छैन । हाम्राविरुद्धमा बाहिर अनर्गल प्रचार भइरहेको छ,’ उनले भने, ‘यस विषयमा केन्द्रीय कमिटीले निर्णय गर्छ । हामी दलाल पुँजीवादी संसदीय अभ्यासमा भाग लिने पक्षमा छैनौं ।’
चुनाव उपयोग गर्ने विषयमा विप्लव र सचिवालय सदस्य विश्वकर्मा सकारात्मक भए पनि धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओली र सन्तोष बुढा मगर विपक्षमा रहेको सचिवालयका अर्का एक सदस्यले बताए । विप्लव नेतृत्वको नेकपाले निर्वाचन आयोगमा भने अहिलेसम्म दल दर्ता गराएको छैन ।
त्यस्तै गत वर्ष सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वायन नभएको विषयमा विप्लव असन्तुष्ट रहेका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया