NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

नेटफ्लिक्समा युक्रेनी राष्ट्रपतिको वेभसिरिज रिलिज

काठमाडौं । रुसी आक्रमणको सामना गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हिम्मत जुटाएर गरेको प्रतिरोधको पुरै विश्वले तारिफ गरिरहेको छ । रियल लाइफका यी नायक छिटै नेटफ्लिक्समा देखिने भएका छन् ।

नेटफ्लिक्सको सिरिज ‘सर्भेन्ट अफ द पिपुल’ अमेरिकामा पुनः प्रसारण गर्ने भएको छ । जेलेन्स्कीको यो सिरिज नेटफ्लिक्समा सन् २०१७ देखि २०२१ सम्म स्ट्रिम भएको थियो । उनी यही सिरिजबाट प्रेरित भएर अभिनय छोडेर राजनीतिमा आएका थिए ।

सर्भेन्ट अफ पिपुलमा भ्रष्टाचारविरुद्ध आवाज उठाउने एक शिक्षकको कथामा आधारित छ । शिक्षकको भिडियो सामाजिक सञ्जालमा भाइरल हुन्छ र उनी देशका राष्ट्रपति बन्छन् । यो शोको अहिलेसम्म ३ सिजन रिलिज भइसकेको छ ।

तेस्रो सिजन सकिनेबित्तिकै जेलेन्स्कीले सन् २०१९ मा युक्रेनका राष्ट्रपतिको निर्वाचन लडेका थिए । उनले आफ्नो पार्टीको नाम पनि सिरिजको शीर्षकअनुसार सर्भेन्ट अफ पिपुल नै राखेका छन् ।

रुस र युक्रेनबीच भइरहेको युद्धमा राष्ट्रपति जेलेन्स्कीको बहादुरी विश्व सामु प्रस्तुत भएको छ । जेलेन्स्कीले रुसी सैनिकले गरेको आक्रमणको सामना गरेर युक्रेनलाई रुसको कब्जाबाट बचाउने प्रयास गरिरहेका छन् ।

युद्धमै देखाएको उत्कृष्ट प्रदर्शनका कारण उनी रिलबाट रियल लाइफ हिरो बनेका छन् । यी सबै स्थितिलाई ध्यानमा राख्दै उनको सिरिज अमेरिकी सब्सक्राइब्र्सका लागि रिलिज हुन लागेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष