NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

चेल्सी किन्न अगाडि सर्यो एथेल पार्टनर्स

काठमाडौं । पोर्चुगलका इन्टरप्रेनर रिकार्डो सिल्भाको नेतृत्वमा रहेको लगानी समूह एथेल पार्टनर्सले प्रिमियर लिग क्लब चेल्सी किन्न बोलपत्र पेश गरेको छ ।

चेल्सीका लागि एथेलले २ अर्ब पाउण्डको प्रस्ताव गरेको बताइएको छ । यसले क्लबले सामना गर्ने वित्तीय समस्याहरू कम गर्न र स्ट्यामफोर्ड ब्रिजको पुनः विकास गर्न मद्दत पुर्याउन कोषको रूपमा काम गर्नेछ । रुसी अर्बपति रोमन अब्रामोभिचबाट प्रिमियर लिग क्लब किन्न धेरै समूहहरूले पहिले नै चासो देखाइसकेका छन् ।

सन् २००४ मा चेल्सी किनेका अब्रामोविचले तीन साता अघि क्लब बेच्ने घोषणा गरेका थिए ।

रुस-युक्रेन युद्ध सुरु भएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग घनिष्ठ सम्बन्ध रहेको भन्दै बेलायतले अब्रामोविचलाई प्रतिबन्ध लगाएको छ । मालिकलाई प्रतिबन्ध लगाएपछि क्लब संकटमा परेको छ ।

अब्रामोविचलाई लगाएको प्रतिबन्धले संकटमा चेल्सी