NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते
च्याम्पियन्स लिग :

डिफेन्डिङ च्याम्पियन चेल्सी र सर्वाधिक विजेता रियल क्वार्टरफाइनलमै आमने–सामने

काठमाडौं । साविक विजेता चेल्सी र सर्वाधिक विजेता रियल च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमै आमने–सामने हुने भएका छन् ।

आज क्वार्टरफाइनल ड्र सार्वजनिक भएसँगै डिफेन्डिङ च्याम्पियन तथा दुई पटकको विजेता चेल्सी र सर्वाधिक १३ पटकको विजेता रियल आमने–सामने हुने निश्चित भएको हो ।

चेल्सी इंग्लिस क्लब हो भने रियल स्पेनिस क्लब हो ।

UCL quarter-final and semi-final ties

यस्तै अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीले अर्को स्पेनिस क्लब एट्लेटिको मड्रिड प्रतिस्पर्धी पाएको छ ।

यसैगरी, ६ पटकको विजेता लिभरपुलले २ पटकको विजेता बेन्फिकासँग प्रतिस्पर्धा गर्ने छ । लिभरपुल इंग्लिस र बेन्फिका पोर्चुगिज क्लब हो ।

त्यस्तै, जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब भिल्लारियलसँग खेल्नेछ । बायर्न ६ पटक उपाधि जितिसकेको क्लब हो ।

क्वार्टरफाइनलको पहिलो लेग ५ र ६ अप्रिलमा तथा दोस्रो लेग अप्रिल १२ र १३ मा हुनेछ ।

 

ठूला टोली अन्तिम १६ बाटै आउट