बाइडेनलाई सीले भने– रुस–युक्रेन युद्ध एउटाको मात्र चासोको विषय होइन
काठमाडौं (एजेन्सी) । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिङफिङबीच शुक्रबार कुराकानी भएको छ ।
युक्रेन र रुसबीच भएको द्वन्द्वका विषयमा उनीहरूले भिडियो कुराकानी गरेको दुवै पक्षका अधिकारीले जनाएका छन् ।
वार्ताका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनलाई चिनियाँ राष्ट्रपति सिले रुस–युक्रेन युद्ध कुनै एउटाको मात्रै चासो, सरोकार र चिन्ताको विषय नभएको बताएका थिए ।
अन्तर्राष्ट्रिय समुदायका लागि शान्ति, सुरक्षा सबैको चासो र सरोकारको विषय भएकाले दुई देशको युद्धलाई पनि सबैले साझा चिन्ताको विषयका रूपमा दुवै जनाले छलफल गरेको जनाइएको छ ।
राष्ट्रपति सिले अन्तर्राष्ट्रिय चासो, शान्ति तथा सुरक्षाको विषय चीन र अमेरिकाको अन्तर्राष्ट्रिय जिम्मेवारी पनि भएको बताएका थिए ।
उनीहरूले रुस–युक्रेन मामिलाबाहेक अन्य विषयमा पनि छलफल गरेको सरकारी अधिकारीले उल्लेख गरेका छन् ।
अमेरिका–चीन सम्बन्धलाई थप सुमधुर बनाउन पनि अहिलेको कुराकानी सहयोगी भएको दुवै पक्षले जनाएका छन् ।
गत नोभेम्बरमा भएको भिडियो सम्मेलनपछि उनीहरूबीचमा अहिले मात्रै कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया