गर्मी माैसममा स्वस्थ रहने उपायहरु
काठमाडौं । गर्मी समयमा खानामा अरुची बढ्छ । यसका साथै वाकवाकी लाग्ने,टाउको दुख्ने, पेट दुखाई, ज्वरो आउने समस्या पनि बढी हुन्छ । गर्मी मौसममा खानपिनमा विशेष ध्यान दिन नसक्दा यस्ता समस्या हुने गरेको विज्ञहरु बताउँछन् । त्यसैले यो मौसममा नियमित खानपानमा विशेष ध्यान दिनुपर्छ ।
गर्मी मौसममा स्वस्थ रहनका लागि सन्तुलित खानपानसँगै नियमित व्यायाममा जोड दिनुपर्छ । यो मौसमा पिरो, अमिलो र अन्य खानेकुरा खानु हुँदैन । प्रशस्त पानी तथा झोल पर्दाथ पिउने गर्नुपर्छ । गर्मीमा मसलादार, तारेभुटेका खानाबाट टाढै रहन सके बिरामी हुने सम्भावना निकै कम हुन्छ ।
गर्मीमा तापक्रम बढी हुने भएकाले मसलेदार खानेकुरा खानुहुँदैन । यस्ता खानाले शरीरमा तापक्रमको मात्रा बढाउँछ । जसले गर्दा बढी मात्रामा पसिना बग्न गइ शरीरमा पानीको अभाव सृजना गर्छ। यस्तो समयमा फलफूल धोइपखाली खानुपर्छ।
गर्मी मौसममा तारेका परिकार खाँदा अपच हुने सम्भावना बढी हुन्छ । पाचन प्रणालीले राम्रोसँग काम नगरेपछि बिरामी पर्न सकिन्छ ।
गर्मीमा चिसो पेयपदार्थ बढी प्रयोग हुने गर्छ । एकछिनलाई आराम भएपनि यसले शरीरलाई फाइदा भन्दा बढी हानी गर्छ । यस्ता पेय पदार्थले पटक पटक पिसाब मात्र लाग्ने भएकाले शरीरमा पानीको मात्रा घट्न गइ व्यक्ति बिरामी हुने संभावना बढी हुन्छ ।
गर्मी मौसममा चिया र कफीको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिदैन । चिया कफीले फाइदाभन्दा बढी बेफाइदा गर्छ ।
गर्मी होस् वा जाडो मौसममा सकेसम्म जंक फुडबाट टाढै बसेको राम्रो।गर्मी मौसममा जंक फुड वा फास्ट फुडले फुड पोइजन हुने संभावना बढी हुने भएकाले यस्ता खाना नखाएकै बेस।
मासुमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ । त्यसैले धेरै मात्रामा माछा मासु खाँदा सजिलै पचाउन सकिदैन र अपचको समस्या देखापर्छ । गर्मीमा सकेसम्म सागपात, दाल, भातमै जोड दिनु उपयुक्त हुन्छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया