रिजाल र शेरचनलाई ‘वानीरा पुरस्कार’
काठमाडौं । प्रसिद्ध साहित्यकार कालीप्रसाद रिजाललाई ‘वानीरा प्रज्ञापुरस्कार’ प्रदान गरिने भएको छ । साहित्यकार डा वानीरा गिरीको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि एक लाख छ ।
यसैगरी नेपाली भाषा र साहित्यमा समर्पित कवयत्री श्रीमती उषा शेरचनलाई पचास हजारसहितको ‘वानीरा पुरस्कार’ प्रदान गरिने भएको छ ।
डा. वानीरा गिरीको ७९औँ जयन्तीका अवसरमा आगामी वैशाख २० गते काठमाडौंमा वानीरा फाउन्डेशन भवनको उद्घाटनका क्रममा ती पुरस्कार प्रदान गरिने फाउन्डेशनले जनाएको छ ।
फाउन्डेशनका संस्थापक तथा संरक्षक ई. शंकर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया