त्रिविले पुनः स्थगित गर्यो उपप्राध्यापक पदको परीक्षा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षा फेरि स्थगित गरेको छ ।
आयोगले ८ चैतदेखि उपप्राध्यापक पदको परीक्षा गर्ने गरी सूचना प्रकाशित गरेको थियो । आयोगले शनिबार एक सूचना प्रकाशित गरी सर्वोच्च अदालतबाट अर्को आदेश प्राप्त नहुँदा सम्मलाई परीक्षा स्थगित गरिएको जनाएको छ ।
सर्वोच्च अदालतले पदपूर्ति नगर्न भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको विश्वविद्यालयले जनाएको छ ।
प्रतिक्रिया