पोखरीमा डुबेर महिलाको मृत्यु
बैतडी । पोखरीमा डुबेर बैतडीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ कैनपानीका २३ वर्षीया भागरथी चन्द रहेकी छन् ।
भागरथीको घर नजिकै रहेको सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
बारीमा घाँस काटेर हातखुट्टा धुने क्रममा चिप्लेर पोखरीमा डुबेको र लगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि अस्पताल लगिँदैछ । उनको श्रीमान् रोजगारीका सिलसिलामा भारतमा छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया