नेपाल आइडल सिजन ४ को उपाधि भूपेन्द्रलाई
काठमाडौं । नेपाल आइडल सिजन ४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले जितेका छन् । गायन रियालिटी शो नेपाल आइडलको शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै भूपेन्द्रले उपाधि जितेका हुन् ।
दर्शकको भोटको आधारमा उपाधि प्रदान गरिएको हो ।
विजेता भूपेन्द्रले ट्रफीसँगै ३० लाख रुपैयाँ नगद प्राप्त गरे । फस्ट रनरअप झापाका नामगेल तामाङले ५ लाख र सेकेन्ड रनरअप रामेछापका रञ्जित नेपालीले ३ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
त्यस्तै फाइनलमा पुगेका झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेलले गिटार र १० लाख बराबरको बीमा सुविधा प्राप्त गरेका छन्।
एपीवान टेलिभिजनमा प्रसारण हुँदै आएको नेपाल आइडलको यो सिजनमा संगीतकार शम्भुजीत बास्कोटा, गायक सुगम पोखरेल र सुबानी मोक्तान निर्णायक थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया