नेपाल आइडल सिजन ४ को उपाधि भूपेन्द्रलाई

काठमाडौं । नेपाल आइडल सिजन ४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले जितेका छन् । गायन रियालिटी शो नेपाल आइडलको शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै भूपेन्द्रले उपाधि जितेका हुन् ।
दर्शकको भोटको आधारमा उपाधि प्रदान गरिएको हो ।
विजेता भूपेन्द्रले ट्रफीसँगै ३० लाख रुपैयाँ नगद प्राप्त गरे । फस्ट रनरअप झापाका नामगेल तामाङले ५ लाख र सेकेन्ड रनरअप रामेछापका रञ्जित नेपालीले ३ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
त्यस्तै फाइनलमा पुगेका झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेलले गिटार र १० लाख बराबरको बीमा सुविधा प्राप्त गरेका छन्।
एपीवान टेलिभिजनमा प्रसारण हुँदै आएको नेपाल आइडलको यो सिजनमा संगीतकार शम्भुजीत बास्कोटा, गायक सुगम पोखरेल र सुबानी मोक्तान निर्णायक थिए ।
ताजा अपडेट
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
प्रतिक्रिया