सुनको मूल्य ६ सय रूपैयाँ घट्यो
काठमाडाैं । साताको पहिलो दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार स्थिर सुनको मूल्य आज ६ सय रूपैयाँ घटेर ९९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ९९ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मुल्य प्रतितोला शुक्रबार तेजावी सुन बिहीबारकै मूल्य प्रतितोला ९८ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य तोलामा १० रूपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदी तोलामा एक हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको हो । शुक्रबार चाँदी तोलामा एक हजार ३८५ रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया