एसिया कप भदौमा, एक एसोसिएट राष्ट्र छानिन बाँकी
काठमाडौं । एसिया कप टि–२० क्रिकेट प्रतियोगिता भदौं ११ देखि २६ गते (२७ अगष्ट देखि ११ सेप्टेम्बर) सम्म श्रीलंकामा हुने भएको छ ।
श्रीलंकामा शनिबार बसेको एसियाली क्रिकेट परिषद् (एसिसी)को वार्षिक साधरण सभाले उक्त निर्णय गरेको हो ।
एसिसीको आयोजनामा हुने प्रतियोगितामा एसियाका ६ टोलीले सहभागिता जनाउँदैछन् । जसमा पाँच टेस्ट टोली भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानले प्रतिस्पर्धा गर्ने तय भइसकेको छ ।
साथै, एउटा एसोसिएट टोली भने छनोट हुन बाँकी छ । युएई, सिंगापुर, कुवेत र हङकङमध्यै एक टोली एसिया कपको लागि छनोट हुनेछन् ।
नेपाल भने एसिया कपको दौडबाट बाहिरिइसकेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया