पहाडी क्षेत्रमा चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश नं १ लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेगगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
साथै हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । राति सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा सामान्यतया मौसम सफा भई देशका पहाडी भू–भागका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौ. उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव चार डिग्री र अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३६ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया