पौडी खेल्ने क्रममा नारायणीमा एक बेपत्ता
चितवन । नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन् ।
नवलपरासी (बर्दघा-सुस्तापूर्व) को देवचुली नगरपालिका-१७ कुजौलीघाटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा धादिङको नीलकण्ठ नगरपालिका-९ घर भई देवचुलीस्थित आफन्तको घरमा आएका १६ वर्षीय नवराज श्रेष्ठ आज बिहान बेपत्ता भएका हुन् ।
पौडी खेल्ने क्रममा बेपत्ता भएका श्रेष्ठको अवस्था अहिलेसम्म पनि अज्ञात रहेका कारण उनको खोजीकार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।
पौडी खेल्दा बेपत्ता भएको स्थान र त्यसभन्दा तल्लो तटीय क्षेत्रमा उनको खोजी कार्य तीव्र पारिएको उनले बताए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया