अमेरिकामा ट्याक्सी चलाउँछन् अफगानी पूर्व अर्थमन्त्री

काठमाडौं । गत अगस्टमा अफगानिस्तान तालिवानको हातमा पर्नुभन्दा ठीक अघिल्लो दिन, अफगान राष्ट्रपति असरफ घानीलाई संयुक्त अरब इमिरेट्समा स्वागत गरिएको थियो । उनलाई आफ्नो देशको कोषबाट १६ करोड ९० लाख डलर लिएको आरोप लागेको थियो ।
त्यसको छ महिनापछि, घानीको शासनकालमा अर्थमन्त्री भएका खालिद पेएन्डा, वासिंटन डिसीमा उबर (ट्याक्सी )चलाइरहेका छन् ।
‘यदि मैले अर्को दुई दिनमा ५० वटा यात्राहरू पूरा गरेँ भने मैले ९५ डलर बोनस पाउँछु,’ पेएन्डालाई उद्धृत गर्दै वाशिंगटन पोस्टले लेखेको छ । ४० वर्षीय उनले एकपटक अमेरिकी समर्थनमा ६ अर्ब डलरको बजेटको निरीक्षण गरेका थिए । उनले एक रातमा धेरै कमाइ गरेको दिन १५० डलरसम्म कमाउँछन् ।
घानीको शासनकालमा अर्थमन्त्री भएका खालिद पेएन्डा वासिंटन डिसीमा उबर (ट्याक्सी) चलाइरहेका छन् ।उनले एक रातमा अधिकतम १५० डलरसम्म कमाउँछन्
आफ्नो परिवारलाई सहयोग गर्न सक्षम भएकोप्रति कृतज्ञता प्रकट गर्दै उनले भने, ‘अहिले, मसँग कुनै ठाउँ छैन । म यहाँको हैन र म त्यहाँ पनि छैन । यो एकदमै खाली भावना हो ।’
तालिवानले सत्ता कब्जा गरेर अमेरिका समर्थित शासन प्रतिस्थापित गरेपछि अफगानिस्तानले मानवीय र आर्थिक संकट सामना गरिरहेको छ, त्यहाँका नेताहरुको सम्पत्ति रोक्का गरिएको छ र अन्तर्राष्ट्रिय सहायता कटौती गरिएको छ । जसका कारण आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्ने स्थिति अफगानिस्तानको छ ।
प्रतिक्रिया