नेप्से १४ अंकले घट्दा कारोबार रकम पनि घट्यो, २ अर्ब २७ करोडको कारोबार
काठमाडाैं । गत साताको अन्तिम दुई कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्सेले यस साताको पहिलो कारोबार दिनमा पनि त्यसैलाई निरन्तरता दिएको छ । आइतबार नेप्से परिसूचक १४.६७ अंक घटेर २६१६.५८ विन्दुमा झरेको छ ।
त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.०१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंक घटेको छ।
यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन साढे २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२४ कम्पनीकाे ४२ लाख ८७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब २७ करोड ४६ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आइतबार लगानी उपसमूहको परिसूचक बाहेक अन्य सबै उपसमूहको परिसूचक घटेको छ । लगानी उपसमूहको परिसूचक यस दिन १.६६ प्रतिशत बढेको छ। यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।
कारोबार रकमका आधारमा यस दिन नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । इन्स्योरेन्सको यस दिन १६ करोड २९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन जीवन विकास लघुवित्तको १३ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया