मन्त्री आले र सलमान खानबीच पर्यटनबारे छलफल हुने
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र बलिउड अभिनेता सलमान खानले आगामी जेठ १४ मा नेपालको पर्यटन प्रवर्द्धनबारे छलफल गर्ने ओडिसी इन्टरटेनमेन्टले आइतबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।
दशरथ रंगशालामा आयोजना हुने सलमानको दबङ रिलोडेड टुर र पर्यटन प्रवर्द्धनबारे आले र खानबीच छलफल हुन लागेको हो । भर्चुअल संवादमा मन्त्री आले र सलमानसहित नेपालबाट विभिन्न क्षेत्रमा क्रियाशील व्यक्ति सहभागी हुनेछन् ।
ओडीसीले नै यसअघि सलमानलाई नेपाल ल्याउन तयारी गरेपनि विवादका कारण कार्यक्रम रोकिएको थियो । यसपटक मन्त्री आलेकै पहलमा सलमानलाई ल्याउन लागिएको हो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया