क्रिप्टोकरेन्सीमा लगानी रहेको आशंकामा अनुसन्धानमा तानिइन् नायिका प्रियंका
काठमाडौं । नायिका प्रियंका कार्की क्रिप्टोकरेन्सीको अनुसन्धानमा तानिएकी छन् । नेपालमा अवैध मान्दै आएको क्रिप्टोकरेन्सीको कारोबारमा नायिका कार्कीको पनि संलग्नता भएको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले अनुसन्धानको लागि बोलाएको जनाएको छ ।
क्रिप्टोकरेन्सीमा उनले पनि लगानी गरेको आशयको एउटा विज्ञापन भेटिएपछि सीआईबीले उनीमाथि अनुसन्धान सुरु गरेको सीआइबी प्रमुख धिरजप्रताप सिंहले बताए । उनका अनुसार सरकारले रोक लगाएको काममा संलग्नता देखिएकाले बोलाएर सोधपुछ गरिएको छ ।
सिंहका अनुसार ‘बिनान्स’ भन्ने किप्टोकरेन्सीको सामाजिक सञ्जालका पेजहरूमा राखिएको पोस्टमा प्रियंकाको पनि लगानी रहेको उल्लेख छ । नायिका कार्कीले भने किप्टोकरेन्सीको कारोबारमा आफ्नो कुनै संलग्नता नरहेको खुलाएकी छिन् । कसैले आफ्नो तस्विर प्रयोग गरेर क्रिप्टोकरेन्सीको विज्ञापन गरेको भन्ने उनले बताएकी छिन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया