NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

घरेलु मैदानमा रियलको अप्रत्यासित फराकिलो हार

काठमाडौं । रियल म्याड्रिडले बार्सिलोनासँग अप्रत्यासित र फराकिलो हार बेहोरेको छ । स्पेनिस ला लिगाअन्तर्गत गएराति घरेलु मैदानमा भएको खेलमा रियल ४–० गोल अन्तरमा पराजित भएको हो ।

बार्सिलोनाका लागि पिएर एमरिकले दुई तथा अराउजो र टोरेजले एक एक गोल गरे ।

बार्सिलोनासँग पराजित भए पनि रियल शीर्ष स्थानमा कायम छ ।  २९ खेलबाट उसले हालसम्म ६६ अंक जोडेको छ ।

रियललाई हराउने बार्सिलोना भने तेस्रो स्थानमा छ । २८ खेल खेलेको उसको ५४ अंक छ । सेभिल्ला २९ खेलबाट ५७ अंक जोड्दै दोस्रो स्थानमा छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष