NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

छायादेवी कम्प्लेक्सले आइपीओ जारी गर्ने

काठमाडौं । छायाँदेवी कम्प्लेक्स लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा आइपीओ बिक्री गर्नका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

यसका लागि छायाँदेवी कम्प्लेक्स लिमिटेड र प्रभु क्यापिटलबीच आइतबार सम्झौता भएको छ । यसले जारी पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्ने भएको हो ।

सम्झौतामा छायाँदेवी कम्प्लेक्स लिमिटेडका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक महेश्वर प्रकाश श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

छायाँदेवी कम्प्लेक्स लिमिटेडले हाल काठमाडौंको प्रमुख व्यापारिक स्थान तथा पर्यटकीय केन्द्र ठमेलमा पाँचतारे होटेल र मेघा कम्प्लेक्सको निर्माण गरी सञ्चालन गरिरहेको छ । यो कम्प्लेक्सको क्षेत्रफल ३ लाख ५० हजार वर्गफिटभन्दा बढी रहेको छ । यो नेपालमै ठूलो व्यापारिक कम्प्लेक्समध्येको एक हो।