ट्रक दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

बैतडी । ट्रक दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।
मृत्यु हुनेमा सुर्नया गाउँपालिका-३ की २५ वर्षीया दुर्गा चन्द रहेकी इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।
गए राति दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका-६ मा से१ख १२४२ नम्बरको मिनी ट्रक दुर्घटना भएको थियो । दुर्घटनामा सख्त घाइते चन्दको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा सुर्नया गाउँपालिका-३ की ३५ वर्षीया माधवी चन्द, ३५ वर्षीया वसन्ती भट्ट, ३३ वर्षीया कलावती भट्ट, २८ वर्षीया विमला चन्द र २३ वर्षीया पार्वती विष्ट घाइते भएका छन् ।
माधवी, वसन्ती र कलावतीको डडेल्धुरा अस्पतालमा तथा विमला र पार्वतीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
पाटनबाट घर पोत्ने रातो माटो लिएर फर्किरहेको मिनी ट्रक सडकको नालीमा पल्टिएको हो । चालक पाटन नगरपालिका-४ का वीरेन्द्र खत्री फरार छन् ।
ताजा अपडेट
-
१२ देशका नागरिकलाई अमेरिकामा प्रतिबन्ध लगाउन ट्रम्पले गरे घोषणापत्रमा हस्ताक्षर
-
संसद्का दुवै सदनको आज बैठक, बजेटमाथि छलफल मुख्य एजेन्डा
-
पोर्चुगल नेसन्स लिगको फाइनलमा, जर्मनी पराजित
-
अबदेखि घरजग्गा कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने, कारण यस्तो छ
-
सार्वजनिक यातायात सेवामा बन्द-हडताल नगर्न सर्वोच्चको आदेश
प्रतिक्रिया