ट्रक दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
बैतडी । ट्रक दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।
मृत्यु हुनेमा सुर्नया गाउँपालिका-३ की २५ वर्षीया दुर्गा चन्द रहेकी इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।
गए राति दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका-६ मा से१ख १२४२ नम्बरको मिनी ट्रक दुर्घटना भएको थियो । दुर्घटनामा सख्त घाइते चन्दको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा सुर्नया गाउँपालिका-३ की ३५ वर्षीया माधवी चन्द, ३५ वर्षीया वसन्ती भट्ट, ३३ वर्षीया कलावती भट्ट, २८ वर्षीया विमला चन्द र २३ वर्षीया पार्वती विष्ट घाइते भएका छन् ।
माधवी, वसन्ती र कलावतीको डडेल्धुरा अस्पतालमा तथा विमला र पार्वतीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
पाटनबाट घर पोत्ने रातो माटो लिएर फर्किरहेको मिनी ट्रक सडकको नालीमा पल्टिएको हो । चालक पाटन नगरपालिका-४ का वीरेन्द्र खत्री फरार छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया