NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

चीनमा १३३ जना यात्रु बोकेको विमान दुर्घटना

बेइजिङ । एक सय तेत्तीस यात्रु बोकेको चीनकाे इस्टर्न एयरलाइन्सकाे यात्रुवाहक विमान दक्षिणपश्चिम क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या भने अहिलेसम्म अज्ञात रहेको राज्य प्रसारक सीसीटीभीले सोमबार उल्लेख गरेको छ।

बोइङ ७३७ विमान गुआङ्सी क्षेत्रको वुझाउ सहर नजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्रस्त भएको छ। अहिले उद्धार टोलीहरू घटनास्थलमा पुगेका छन् ।

जेट पहाडी क्षेत्रमा खसेपछि दुर्घटनास्थलमा आगो लागेको थियो ।

विमान एमयू ५७३५ कुनमिङबाट स्थानीय समय दिउँसो १ः१५ बजे ग्वान्झाउका लागि उडेको थियो । चीनको नागरिक उड्डयन प्रशासनले दुर्घटनाको कारणबारे कुनै जानकारी दिएको छैन ।

घटनाको विस्तृत विवरण आउँन भने बाँकी छ ।

ताजा अपडेट

नेपालवाच विशेष