NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

मूल्यवृद्धिको विरोधमा निर्माण व्यवसायी

काठमाडाैं । निर्माण सामग्रीमा भएको मूल्यवृद्धिको विरोधमा कञ्चनपुरका निर्माण व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई सोमबार ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरुले त्यहाँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका हुन । निर्माण व्यवसायी संघ कञ्चनपुरले निर्माण कार्यमा मूल्य समायोजन गर्न ज्ञापनमार्फत मागसमेत गरेको छ ।

निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष प्रेमप्रकाश भट्टले निर्माण सामग्रीको मूल्य वृद्धि भएपछि सोही अनुसार निर्माण कार्यको लागत बढाउन माग गरे । अहिले छड, सिमेन्ट लगायतको निर्माण सामग्रीको मूल्य ह्वात्तै बढेको छ । ‘डेढदशक अघि पनि यसरी मूल्यवृद्धि हुँदा सरकारले निर्देशिका बनाएर मूल्यवृद्धि समायोजन गरेको थियो,’ अध्यक्ष भट्टले भने, ‘यो पटक पनि मूल्यवृद्धिका बारेमा सरकारको ध्यान जाओस भनेर ज्ञापन दिएका हौं ।’