राजेश हमालले नारायणी नदीको सफाइ गरे

काठमाडौं । अभिनेता राजेश हमालले नारायणी नदी सफाइ गरेका छन् । पुख्र्यौली घर नवलपरासी गएका वेला उनले सोमबार बिहान ७ बजेदेखि ९ बजेसम्म नदीको सफाइ गरेका हुन् ।
हमाल नवलपरासी पूर्वको देवचुली नगरपालिका-१७ स्थित नारायणी नदी किनारको सरसफाईमा सहभागी भएका हुन् । हमालले नदी किनारमा जम्मा भएका प्लास्टिकजन्य र दाहसंस्कार गर्दा फ्याँकिएका लुगासहितका फोहोरमैला व्यवस्थापन गरेका थिए ।
सिसवार चितवन टाइगर रिसोर्टले आयोजना गरेको सरसफाइ कार्यक्रममा राजेश हमालसहित स्थानीयहरूकाे उपस्थिति पनि थियाे । हमालले स्थानीय संस्था, व्यवस्थापन समितिहरुलाई पनि नदी किनारको नियमित सरसफाई गर्न आग्रह गरेका छन् ।
ताजा अपडेट
-
वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
-
मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु
-
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने
-
एकै वर्षमा आठ लाख ३९ हजारले लिए श्रम स्वीकृति
-
बजेट कार्यान्वयन गर्न ९५ बुँदे मार्गदर्शन : आयोजना सम्पन्न नहुञ्जेल प्रमुखको सरुवा नहुने
प्रतिक्रिया