राजेश हमालले नारायणी नदीको सफाइ गरे
काठमाडौं । अभिनेता राजेश हमालले नारायणी नदी सफाइ गरेका छन् । पुख्र्यौली घर नवलपरासी गएका वेला उनले सोमबार बिहान ७ बजेदेखि ९ बजेसम्म नदीको सफाइ गरेका हुन् ।
हमाल नवलपरासी पूर्वको देवचुली नगरपालिका-१७ स्थित नारायणी नदी किनारको सरसफाईमा सहभागी भएका हुन् । हमालले नदी किनारमा जम्मा भएका प्लास्टिकजन्य र दाहसंस्कार गर्दा फ्याँकिएका लुगासहितका फोहोरमैला व्यवस्थापन गरेका थिए ।
सिसवार चितवन टाइगर रिसोर्टले आयोजना गरेको सरसफाइ कार्यक्रममा राजेश हमालसहित स्थानीयहरूकाे उपस्थिति पनि थियाे । हमालले स्थानीय संस्था, व्यवस्थापन समितिहरुलाई पनि नदी किनारको नियमित सरसफाई गर्न आग्रह गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया