महराका स्वकीय सचिवले माओवादी त्यागे
काठमाडौं । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले माओवादी केन्द्र त्यागेका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै शर्माले माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने गरी अलग भएको घोषणा गरेका छन् ।
‘आजको मितिदेखि म नेकपा (माओवादी केन्द्र) को साधारण सदस्यसमेत नरहने गरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
शर्मा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्यको आकांक्षी थिए । तर त्यसमा नसमेटिएपछि असन्तुष्ट थिए । तथापि, शर्माले आफ्नो राजीनामा घोषणामा कारणबारे केही बताएका छैनन् ।
माओवादी छाडेका शर्माले आगामी दिनमा स्वतन्त्र भूमिका निर्वाह गर्ने जनाएका छन् ।

ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया