पूर्वमन्त्री सिंहको सिंगो पार्टी एमालेमा विलय हुँदै
काठमाडौं । पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी सिंगै एमालेमा विलय हुने भएको छ ।
सिंहलाई दिउँसो १ बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम तय भएको छ ।
कालीकोटका क्रियाशील वामपन्थी छवि बनाएका सिंहले ०६४ र ०७० सालको संविधानसभामा समाजवादी जनता पार्टीका तर्फबाट सदस्य भएका थिए ।
उनी संविधानसभा कार्यकालमा कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री र खानेपानी तथा सरसफाइ मन्त्री बनेका थिए ।
०७४ को चुनावमा थ्रेसहोल्डको व्यवस्था कायम भएपछि सिंहले माओवादी केन्द्रसँग तालमेल गरेर आफ्नो नाम समानुपातिक सूचीमा राखेका थिए । पछि उनी माओवादीले समानुपातिक सूचीबाट हटाएपछि रुष्ट थिए ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया