सुनको मूल्य पुन: बढ्न थाल्यो, तोलामा १ लाख ३०० रूपैयाँमा कारोबार हुँदै
काठमाडाैं । सुनको मूल्य पुन: बढ्न थालेको छ । सोमबार बढेको सुनको मूल्य मंगलबार पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबार तोलामा तीन सय रूपैयाँ बढेको सुनको मूल्य मंगलबार आठ सय रूपैयाँ बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन तोलामा ९९ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । आइतबार छापावाल सुन तोलामा ९९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको मुल्य प्रतितोला आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजावी सुन तोलामा ९९ हजार रूपैयाँमा कारोबार भएको थियो । सोमबार स्थिर चाँदीको मूल्य मंगलबार भने तोलामा २० रूपैयाँ बढेको छ ।
महासंघका अनुसार आज चाँदी तोलामा एक हजार तीन सय ९५ रूपैयाँमा कारोबार भइरहेको हो । सोमबार चाँदी तोलामा एक हजार ३७५ रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासंघले दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३६ डलर आसपास कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया