NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्रको नवीकरण डिजिटल माध्यमबाटै

काठमाडाैं । बीमा समितिले बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सुरु गरेको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले आज समितिको कार्यालयमा बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीरकण गर्ने कार्यको आरम्भ गरे ।

कार्यक्रममा अध्यक्ष सिलवालले देशका विभिन्न स्थानमा रहेका बीमा सर्भेयर र बीमा अभिकर्ताले अब आफू रहेकै स्थानबाट डिजिटल माध्यमबाट आफ्नो इजाजतपत्रको नविकरण गर्न पाउने अवसर उपलब्ध भएको बताए । अध्यक्ष सिलवालले देशका पूर्वदेखि पश्चिम र हिमालदेखि तराईसम्म छरिएर रहेका झण्डै तीन लाखको संख्यामा रहेका बीमा अभिकर्ताले डिजिटल माध्यमबाट नै इजाजतपत्र नबीकरण गर्न पाउने भएबाट बीमाको पहुँच विस्तारमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमतिप्राप्त संस्था नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को कनेक्ट आइपीएस डिजिटल माध्यमबाट इजाजतपत्र नवीकरणका लागि लाग्ने दस्तूर बीमा समितिको खातामा बुझाएर बीमा सर्भेयर र बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न सक्ने व्यवस्था गरिएको छ । त्यसका लागि बीमा सर्भेयर र बीमा अभिकर्ताले कनेक्ट आइपीएसको मा गएर साइटमा गएर Semi-government मा रहेको बीमा समितिको लोगोमा क्लिक गरेपछि देखिने बीमा सर्भेयर र बीमा अभिकर्ता पेमेन्टमा गएर इजाजतपत्र नम्बर र जारी मिति टाइप गरेपछि नबीकरणका लागि लाग्ने शुल्कको जानकारी सिस्टम नै क्यालकुलेट गरेर दिन्छ । तत्पश्चात् अनलाइनबाटै नवीकरण शुल्क बुझाउन सकिन्छ र त्यसरी बुझाएको रकमको रसिद एम्ँ फम्र्याटमा प्रिन्ट गर्न सकिनेछ ।

संस्थागत बीमा सर्भेयरले Semi-government कनेक्ट  आइपीएसमार्फत बीमा समितिको खातामा इजाजतपत्रको नबीकरण शुल्क बुझाउनुका साथै समितिको इमेल

[email protected] मा संस्था नवीकरण प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र र नवीकरण अघिका कामको विवरण पठाएपछि बीमा सर्भेयर इजाजतपत्र नबीकरण हुने व्यवस्था छ । व्यक्तिगत बीमा सर्भेयरले भने ऋयललभअत क्ष्एक् मार्फत नबीकरण शुल्क र कामको विवरण बुझाएपछि इजाजतपत्र नबीकरण हुनेछ ।

यसैगरी, संस्थागत बीमा अभिकर्ताले पनि ऋयललभअत क्ष्एक् मार्फत बीमा समितिको खातामा इजाजतपत्रको नबीकरण शुल्क बुझाउनुका साथै समितिको इमेल बनभलत।धयचपमभतबष्कि२लष्द।नयख।लउ मा संस्था नवीकरण प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र र नवीकरण अघिका कामको विवरण पठाएपछि इजाजतपत्र नबीकरण हुने व्यवस्था गरिएको छ । व्यक्तिगत बीमा अभिकर्ताको हकमा भने त्यसरी अनलाइनबाट नबीकरण शुल्क बुझाउनुका साथै कामको विवरण पठाउनु पर्दछ ।

त्यसरी पठाइएका विवरण सम्बन्धित बीमा कम्पनीको सिस्टमा जान्छ र त्यहाँबाट अनलाइन प्रणालीबाटै सिफारिश भएर आएपछि सम्बन्धित बीमा अभिकर्ताको इजाजतपत्र बीमा समितिबाट नवीकरण हुने व्यवस्था गरिएको छ ।

नबीकरण भएको इजाजतपत्रका बारेमा सम्बन्धित बीमा सर्भेयर र बीमा अभिकर्ताले बीमा समितिको वेभसाइटमा गएर आफ्नो इजाजतपत्रको नम्बर र जारी मिति टाइप गरेपछि जानकारी प्राप्त गर्न सक्ने छन् ।

अनलाइन प्रणालीमार्फत बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्रको नवीकरण कार्यको शुरूवात भएसँगै इजाजतपत्र नवीकरणका लागि बीमा समितिमा आउनुपर्ने बाध्यताको अन्त्य भएको छ । अब देशभरका जुनसुकै स्थानमा रहेका बीमा सर्भेयर र बीमा अभिकर्ताले आफू रहेको स्थानबाट नै अनलाइन प्रणालीबाट इजाजतपत्र नबीकरणका लागि लाग्ने शुल्क बुझाउन र अनलाइनबाटनै इजाजतपत्र नबीकरण भएको जानकारी प्राप्त गर्न सक्नेछन् ।

हाल देशभरमा गरी नवीकरण योग्य बीमा सर्भेयरको संख्या करिव एक हजार दुईसय पचास र बीमा अभिकर्ताको संख्या करिव तीन लाख रहेको छ । बीमा सर्भेयर र बीमा अभिकर्ताहरुले डिजिटल माध्यमबाट इजाजतपत्र नवीकरण गर्नका लागि देहाय बमोजिमको प्रक्रिया अवलम्बन गर्नुपर्दछ :
१. Connect IPS Login गर्ने,
२.Payment Tab को Semi-government Tab मा क्लिक गर्ने,
३. बीमा समितिको लोगो भएको ट्याबमा मा क्लक गर्ने,
४. एजेन्ट वा सर्भेयर कुन हो सो ट्याबमा क्लिक गर्ने ।

५. अन्य मागेका आफ्ना विवरणहरु Submit गर्ने ।