दाङ–सल्यान सडक खण्डमा पहिरो, एक्स्काभेटर पुरियो, सडक अवरुद्ध
काठमाडौं । दाङ–सल्यान सडक खण्डमा सुख्खा पहिरो खसेको छ । पहिरोले एक्स्काभेटर पुरिएको छ भने सडक अवरुद्ध भएको छ ।
सल्यानको कपुरकोट–३ स्थित चोरखोलानजिक सडक निर्माण कार्य भइरहेका बेला मंगलबार राति सुख्खा पहिरो खसेको हो । सडक निर्माणमा प्रयोग भएको एक्स्काभेटर पुरिँदा त्यसका चालक सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ ।
पहिरोले अहिले सवारी आवागमन ठप्प भएको छ । पहिरो हटाउने कार्य भइरहे पनि बुधबार दिउँसो मात्र सडक खुल्ने सम्भावना छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया