दाङ–सल्यान सडक खण्डमा पहिरो, एक्स्काभेटर पुरियो, सडक अवरुद्ध

काठमाडौं । दाङ–सल्यान सडक खण्डमा सुख्खा पहिरो खसेको छ । पहिरोले एक्स्काभेटर पुरिएको छ भने सडक अवरुद्ध भएको छ ।
सल्यानको कपुरकोट–३ स्थित चोरखोलानजिक सडक निर्माण कार्य भइरहेका बेला मंगलबार राति सुख्खा पहिरो खसेको हो । सडक निर्माणमा प्रयोग भएको एक्स्काभेटर पुरिँदा त्यसका चालक सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ ।
पहिरोले अहिले सवारी आवागमन ठप्प भएको छ । पहिरो हटाउने कार्य भइरहे पनि बुधबार दिउँसो मात्र सडक खुल्ने सम्भावना छ ।
ताजा अपडेट
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
-
समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
पोखरीमा डुबेर दुई बालकको मृत्यु
प्रतिक्रिया