NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

युक्रेनी शरणार्थीका लागि पदक दान गर्ने रुसी नोबेल पुरस्कार विजेताको घोषणा

काठमाडौं (एजेन्सी) । रुसका नोबेल शान्ति पुरस्कार विजेताले युक्रेनी शरणार्थीको सहयोगार्थ स्रोत जुटाउन आफ्नो पदक दान गर्ने वाचा गरेका छन् ।

रुसको नोभाया गजेटा अखबारका सम्पादकसमेत रहेका दिमित्री मुराटोभले आफूले प्राप्त गरेको नोबेल शान्ति पुरस्कार पदक युक्रेनी शरणार्थीका निम्ति समर्पण गर्ने घोषणा गरेका हुन् ।

मुराटोभले मंगलबार एक लेख लेख्दै रुसी आक्रमणपछि एक करोड युक्रेनी विस्थापित भएकाले आफूले यस्तो निर्णय लिएको उल्लेख गरेका छन् ।

नोभाया क्रेमलिनको आलोचना गर्ने अखबार हो । जसको सम्पादकीय नेतृत्व केही समयदेखि मुराटोभले गर्दै आएका छन् । उनी टेलिभिजन प्रस्तोता पनि हुन् ।

अभिव्यक्ति स्वतन्त्रताको रक्षाका निम्ति उनी र मारिया रेसालाई सन् २०२१ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

 

ताजा अपडेट

नेपालवाच विशेष