एकैदिन सुनको मूल्य ११०० रूपैयाँ घट्यो

काठमाडाैं । बुधबार सुनको मूल्य तोलामा एक हजार एक सय रूपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९९ हजार २ सय रूपैयाँमा कारोबार भएको हो ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा आठ सय रूपैयाँ बढेर एक लाख तीन सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै सोमबार छापावाल सुन तोलामा तीन सय रूपैयाँ बढेर ९९ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । आइतबार छापावाल सुन तोलामा ९९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको मुल्य प्रतितोला ९८ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी तोलामा २० रूपैयाँ बढेकोमा बुधबार १५ रूपैयाँ घटेको छ ।महासंघका अनुसार आज चाँदी तोलामा एक हजार ३७० रूपैयाँमा कारोबार भइरहेको हो । मंगलबार चाँदी तोलामा एक हजार तीन सय ९५ रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासंघले दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३६ डलर आसपास कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया