भारतमा आगलागीबाट ११ जना मजदुरको मृत्यु

काठमाडौं । हैदराबादका सिकन्दराबादस्थित बोयागुडाको नजिक एक कबाड गोदाममा आगलागी हुँदा ११ जना मजदुरको ज्यान गएको छ । ज्यान गुमाउने मजदुरहरु अन्य राज्यबाट त्यहाँ मजदुरी गर्न आएका थिए ।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुख व्यक्त गरेका छन् साथै उनले पीडित परिवारमा समवेदना पनि व्यक्त गरेका छन् । ज्यान गुमाएका मजदुरको परिवारलाई दुई लाख भारु सहयोग गर्ने घोषणा पनि प्रधानमन्त्री कार्यालयले गरेको छ ।
मृत्यु भएका मध्ये ८ जना मजदुर २० देखि ३० वर्षका र बाँकी ३ जना करिब ४० वर्षका भएको सुरुवाती अनुसन्धानबाट पत्ता लागेको छ । दुर्घटनापछि ८ वटा दमकलले आगो नियन्त्रणमा लिएका थिए ।
आगलागीको कारण अहिलेसम्म पत्ता लागेको छैन । गोदाममा मदिराको खाली बोत्तल र ग्यास सिलिन्डर भेटिएको छ ।
ताजा अपडेट
-
‘गृहमन्त्रीले संसदमा बोल्न पाउनुपर्छ, राजीनामा आवश्यक छैन’-सञ्चार मन्त्री गुरुङ
-
अझै बस्न सकेन प्रतिनिधिसभा बैठक
-
प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुझाव प्रस्तुत
-
पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त
-
स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्नेगरी बजेट आएको छ : अर्थमन्त्री पौडेल
प्रतिक्रिया