नेप्से २० अंकले घट्यो, २ अर्ब ४ करोड रूपैयाँको कारोबार

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से २०.३४ अंकले घटेर दुई हजार ६३०.३६ विन्दुमा पुगेको छ ।
ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ४.२२ अंकले उकालो लागेर ४९५.११ मा पुगेको छ । नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार कूल २२६ कम्पनीको ३९ लाख ८५ हजार ५१४ कित्ता सेयर खरिद बिक्री हुँदा दुई अर्ब ४ करोड ६३ लाख ५२ हजार ५४७ रूपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका विभिन्न १३ उपसमूहमध्ये आज २ उपसमूको सेयर मूल्य बढेको छ भने ११ उपसमूहको सेयर भने घटेको छ। व्यापार ०.५ र म्युचल फण्ड ०.२५ अंकले बढेको छ । जलविद्युत् १.१६ र वित्त १.५५, बैंकिङ ०.५४, होटल तथा पर्यटन ०.६२, विकास बैंक १.११, निर्जीवन बीमा ०.६५, उत्पादन १.२१, अन्य १.०१, लघुवित्त ०.४१, जीवन बीमा ०.८६, लगानी ०.९१ अंकले उकालो लागेको छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया